यादै गर्न नहुने रैछ विहान कतिखेर होला भन्छु
झिसमिसेमै टाढा पुगेका खबर सुनिने डरले छट्पटिन्छु
यादै त यति आए तिम्रो शरीर तिम्रो कति प्यारो
तस्विर यति प्यारो तिम्रो साँच्चै तिमी कति प्यारो
तिमीलाई पाए गर्थे सानु तिमीले जे भने पनि
तिमीसँगै रम्थे सानु तिमीले जाऊ भने पनि
मुटु धेरै छिटो चल्न थाल्यो एक्कासि रोकिन्छ कि
माया साह्रै उर्लिन थाल्यो समुद्र जस्तै छाल हान्छ कि
प्रेमको दियो जलाइरहेछु रातभरि जागै वसी
सागरमा पौडी खेलिरहेछु रातभरि जागै वसी
मोबाइल फोन चलाइरहेछु फोन स्विच अफ छ तिम्रो
हातको बुढी औँला थिचिरहेछु साच्चै मुड अफ छ मेरो
कलमले कर्वराइरहेछु सफेत पानामा दाग लगाइरहेछु
यादैयादमा तड्पिएर तस्विर छातीमा टासिरहेछु
मसी पनि सिद्घियो कलमले लेख्नै छोड्यो
कति लामो आजको रात कति बसुँ जागै पनि
खाने बेला उकुस मुकुस साच्चै खानै खाइन मैले
के थाहा भोलि बिहान तिमी त घरमै पुग्छौ क्यारे
मुर्खहरू यस्तै हुन्छन उँटको बच्चाहरू उल्लु जस्तै
प्रतिक्षामा बस्नेहरू यस्तै हुन्छन आशाहीन कमारोजस्तै
ढुकढुकी नै बन्द हुन्छ साँच्चै भेट है सानु मलाई
पर्सी भेट्नु भोलि नै भेट साँझ हैन विहानै सानु मलाई
भेट है त सानु मलाई आशामा छु आजै म त
उकुस मुकुस भए मत खाना खाए एकै छाक
