Skip to content


कोही भँडुवा कोही छुलिया,कोही त छ दुःखी आत्मा
जिन्दगीभर लडाइँ झगडा, अन्त्यमा छैन केही हातमा।

असल जीवन जिउँछू म नै, मैले नै खान्छु राम्रो मिठो
खोले सिस्नु मिठो सुखी मनमा, चाहिन्न भातको सीतो।

गाई पाले दूध दिन्छ हेर, सर्प पाले दिन्छ बिष
खुसी भए अथाहः शान्ति, पतनको बाटो हो रीस।

कसैलाई घमण्ड धनको, कसैलाई छ आफ्नो तनको
बाटो भिन्न भिन्न छन तर, अन्त एउटै हो सब जनको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *