यो जीवनमा तिमीलाई पाउँछु कि भनी
गरिन के दिलमा बसाउँछु कि भनी
तिमी मसँग रिसाएझैं गर्थ्यौं नि जब
भिन्नै गर्थे केही हसाउँछु कि भनी
हुन खोजे सधैं नजीक, इच्छाहरू बटुलेर
मेरो अनि तिम्रो संसार, सजाउँछु कि भनी
यादमा तिम्रै तड्पिएर कोरिदिए गजल
कल्पनाको ठेगानामा पठाउँछु कि भनी
परेलीमा टील-पिलाउदा, मेरो सपनाहरू
झारी दिए आँशु सगै, बगाउँछु कि भनी
एचएल गौतम अर्घाखाँची
मागा-३, खनदह
हाल-भारत
