Skip to content

जिन्दगीले चोट दियो


कहाँ जाऊँ म, जिन्दगीको अर्थ खोज्न
चोट माथि चोट पर्यो, सकिन मैले मृत्युलाई रोज्न

माया गर्ने मान्छे, दैवले नै चुँडेपछि, सकिन नि केही सोच्न
मर्नु न बाँच्न भयो, थालेपछि बचनको पहाडले घोच्न

थाहा छैन मैले कहिले गरेको थिएँ के गल्ती
थाम्नै सकिन अहिले, आँसु बगिराछन भल्भल्ती

जिन्दगीले चोट दियो लास माथि लास
मलाई मात्र किन पर्छ सधैं बज्रपात

नचाहँदा नचाहँदै आज एउटा फुल झरेको छ
कसैलाई नपरोस भन्थेत्यो दुःख
आज त्यही दुःख म माथि परेको छ ।

यो समाजको बचनले हानेपछि जल्नुसम्म मुटु जल्छ
एक्लै किन गयौ तिमी, तिमीसँगै जाने मनमा हुरी चल्छ

तिम्ले छोडी गएपछि, नभएका आरोप पनि लगाएका छन्
मेरो मुटुमै आगो बल्छ, गहभरि आँशु बगाएका छन्

भुपेन्द्र केसी
बाँफीकोट ८ रुकुम
हाल अमेरीका टेक्सास

Leave a Reply

Your email address will not be published. Required fields are marked *