Skip to content

हार्दिक हार्दिक शुभकामना


धेरै कामहरू भए
धेरै घामहरू गए
वर्षहरू बितिरहे
नयाँ नयाँ भइरहे
कति कुराहरू मोडिएका छन्
कति कुराहरू जोडिएका छन्
कति नमागी भेटिएका छन्
कति नभेटी मेटिएका छन्

यो यात्रामा
कतिले जोडेर गए
कतिले छोडेर गए
कतिले तोडेर गए
कतिले मोडेर गए
पाइलासँगै कति मेटिए
धेरै पाईतलाहरूसँगै भेटिए
कति रिसाए कति खुसाए
कतिलाई भेटन सकिएन
भेटिएका सबैलाई
यो मन भित्रबाट
मेटनै सकिएन

धेरै गल्ती भए होलान
केही सही भए होलान
विन्ती छ गल्तीलाई सच्याइदिनु होला
सहीलाई आत्मसात गरेर
२०१६लाई बिदा गरौँ
२०१७लाई स्वागत गरौँ
नयाँ आगमन आरम्भ
शुभारम्भ शुभागमन
हार्दिक हार्दिक शुभकामना
२०१७लाई शुभारम्भसँगै
शुभकामना, शुभकामना !

———–
शान्तिराम ढकाल
कोषाध्यक्ष अनेसास

Leave a Reply

Your email address will not be published. Required fields are marked *