सबै जना मिल्यौ अनि हात लगायौ
मुखमा अश्लीताको खात लगायौ
काँप्यौ शरीरमा देवता चढे झै
मदिरा पिएर अनि मात लगायौ
रातभरि हरायौ कहाँ गयौ कुन्नि
नशाले नछोड्दै मलाई बात लगायौ
म नै सोझो मसँग फाइदा लिएछौ
भविष्य थाहा भएका कै माथ लगायौ
सबै जना मिल्यौ अनि हात लगायौ
मुखमा अश्लीताको खात लगायौ
(मिति : १०, ११, २०१४, समय: ०७:०० साँझ)
सौभाग्य बजगाईं
उग्रचण्डी- ८, काभ्रे
