तिम्रो आत्मीयतामा संसार देखिरहेछु
कहिले काहि बैशको बिहार देखिरहेछु
दिउला फूलै फुलको मौसम तिमीलाई
याममा मखमली तिहार देखिरहेछु
खोज्छौ हीरा मोती धन दौलत लोभिएर
वाह ! तिमीमै अमूल्य जुहार देखिरहेछु
देख्छौ पर पर क्षितिज अन्तरसम्म दृष्टि
नियाल आफैमा खाचो सम्हार देखिरहेछु
नजलाऊ अविश्वासको अग्नि ज्वाला
धड्कन भित्र सहने प्रहार देखिरहेछु
“दैवले आहार जुराउँछ ” भन्ने भनाइ झै
तूछ्छ अविश्वासको आहार देखिरहेछु
-१७साउन२०७३
