Skip to content

लाहुरेको छोरी


लाहुरेको छोरी, क्या राम्री मोरी बलेकी धपक्कै
त्यो मीठो बोली, गुन्युँ र चोली लाएकी छपक्कै

हाक्पारे भाका, पारी पाखाँ घन्कियो घनन
भुलेर पिर, निहुराउदै शिर नाचेकी मसक्कै

मनको सेरोफेरो,कान्छी र मेरो मिले त चाहना
भएर जिउदो, भर्दिन्थे सिउदो शिरैमा लपक्कै

नबसौ यादमा, टासिएर साथमा जोडौन घरबार
जोडेको सम्पत्ति,मिलेर दम्पति खाउँला नि सपक्कै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *