Skip to content


जब मैले असह्य पीडाहरूमा
यो भूगोल टेंके
पहाडहरू फोरेर
रगताम्मे हिलोमा
लथपथ लथपथ
सेता तिघ्राहरूमा
मेरो कलिलो छालाको
घर्षणसँगै
चेपिएर त्यो साँगुरो बाटोमा
रक्तिम बहावसँगै
भूगोल समातें यी हातहरूले
कलिला नरम हातहरूले
धेरै छटपटाहटहरूमा
म थिल थिलो भएँ
अदम्य साहस तिनको
मैले भूगोल टेंके
आमा !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *