नेपाली सोनेट
सुरेश काफ्ले `विदारक´
प्रति १
हाँसो यो सुखदुःख सब बाड्दो छ जन्मेर छोरो
छोरो बढ्यो अब त वयले वीस पुगेर मेरो
पढ्यो धेरै अब त उसले देख्छु उस्को तयारी
खोज्यो माया दिन र ममताकि संगी छिन् बुहारी ।
नारी माता सफल मनको तीमि बनेर छाँया
खानी देख्नेछु अझ तीमिमा तिक्ष्ण मीठो छ माया
जाती भिन्नै भए पनि उस्तै, उस्तै रकति छ सब
मीठो बोली वचन दिन जन्मेर आयौं कि अब ।
नानी छोरो ! रनवन डुली दुबै आत्मा नचाऊ
छोरो आधा अंश हो मनको स्वच्छ राखे बताऊ
कोशी बग्छिन् कलकल गरि आत्मा नौनी छ जस्तै
छोरो आफैं अटल छ हिँउको त टाकुर जस्तै ।
छोरो हाँसे दिल पनि अझै हाँस्छ ओठो उनको
माया छाँया दिल चहुरमा नाच दुवै अंशको ।
मधुवन-८ ,सुनसरी ।
