जिन्दगी यो आफ्नो अचानो बनिरहयो
बार बार पीडा खुकुरी बनी बर्सिरहयो
अब त यादले सताउन दिन ढल्नै परेन
उनकै यादले प्राय सधैंभरि डसिरहयो
भित्र भित्रै यो मन रोए पनि आँसु झरेन
मन दु:खी, अरूले नदेखे पनि भइरहयो
चाहना त होइन, तैपनि टाढा हुनु परेछ
मन न हो, एक्लो हुन्छ भनी तर्सिरहयो
