कसको चाहना हुन्छ नि त
बाबु आमा छाडेर एक्लिन
चाहेरै पनिसकेन छ उसले
बुढेसकालमा सहारा दिन
पर्दैछ देश छाडी, विदेशिन
कमाएरै तिर्न पर्ने रैछ ऋण
जुटाएको खर्च सबै तिनले
घर खेतै बन्दकी राखिकन
आकाशकै फल हुने कि त
कतै उसले नि पर्नेछ ठगिन
पिर लिएर लाग्दैछ परदेश
सोच्दै उसको आउनेछ दिन
रात दिन काममा नै घोटिन
परेनि तयार मोल्न जोखिम
लाग्यो ऊ त आफन्त छाडेर
केही गर्न सक्ने भई फर्किन
