Skip to content

मृत्यु बेचेर डगरमा


कति सहज छ
मृत्यु अचेल हाम्रो यो गाउँ बजारमा
प्रत्येक पाइलाहरुमा
मृत्यु भेटिन्छ हजारमा
कसलाई कसले
भर गर्नु विश्वास हरायो सहरमा
मान्छेको मानवता सँगसँगै
मृत्यु हरेक प्रहरमा
सहज छैन माटो कसको हो
सहज छैन बाटो कसको हो
गाँठाहरू कसेर मन भित्र
मान्छेले मान्छे खान्छ बगरमा
मूल्य छैन मान्छेको अचेल
अबमूल्यन भएको छ ठहरमा
काख रित्तिएको ती आमाको
आँशु सुक्यो त्यो नज़रमा
सिउदो पुछुयौ ती अबलाको
कालो वर्षात् भो भाग्यमा
लाला वाला तिनका होलान
के खान्छन अब तिनले गाँसमा
कति खेल्छौ यो लिला
मृत्यु बेचेर डगरमा
धेरै गारो भो बाँच्नलाई
आजकल गाउँ बजारमा
मार्छौ अनि पैसा वाडछौ
अर्को मार्ने तयारमा
कति सक्छौ मान्छे मार्न
के मानवता सकियो यो देशमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *