रुँदैछ त्यो भोकार्इ दाना कतै छैन
शरीर ढाक्ने केही नाना कतै छैन ।
उजाड भै साराबस्ती राष्ट्र खाली भो
असारको पानीमा छाना कतै छैन ।
गरीब त्यो भोको बस्दा बुझ्छ कस्ले खै ?
बसेर भोकै रोए खाने खाना कतै छैन ।
हिमालका सेता चुच्चा अश्रु झार्दै छन्
छ देशका नेता ती राना कतै छैन ।
ति भोट माग्दै धेरै आशा थुपारे थे
कहाँ बुझे पीडा नै ताना कतै छैन ।।
बहरे हजज मुसम्मन मक्बूज अखरम अखरब
रुक्नः मफाइलुन, मफ्ऊलुन, मफ्ऊलु, मफ्ऊलुन्
सूत्र ः ISIS SSS SSI SSS
भावना न्यौपाने ‘भावना’

फोटो एड गर्ने ठाउँ भेटिएन ।
फोटो एड गर्ने ठाउँ भेटिएन ।
फोटो अाएन ।
गजलकार भावना न्यौपाने ‘भावना’को फोटो मेले यहाँको info@majheri.com मा पठाएको थिएँ, तर प्रकाशनमा अाएन ।
दाइ, पोस्टेको छु । समय लाग्न
दाइ, पोस्टेको छु । समय लाग्न गएकोमा क्षमाप्रार्थी छु ।