Skip to content


चियाबारीमा हो चियाबारीमा
सधैं उँडी हिंड्ने बादललाई
सधैं फुलिरहने फूलहरूलाई
कुन खुसी आज नौलो भई
फैलियो मेरो चियाबारीमा

रातमा किन ब्यूँझेको
दिनमा किन पर्खेको
कस्तो यो तिर्खा लागेको
किन यो रोग लागेर
फैलियो मेरो चियाबारीमा

जोवनले केही खोज्दछ
माया हो कि छायाँ हो
कतै हो आई लाने हो
मनमा लुकाएको सपना
फैलियो कसरी चियाबारीमा

गीत – कुसुम गजमेर
स्वर – दीपा झा
संगीत – रनजीत गजमेर
चलचित्र – लाहुरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *