एउटा हातले चुरोट तानें अर्को हातले बोतल
कुलतैमा फसें म त धाउन थालें होटल
बोतलको पानीले
आँखा सन्काई सानीले
इज्जत गयो पिउने बानीले
बोतलको पानीले
आँखा सन्काई सानीले
पैसा सक्यो पिउने बानीले
भट्टीछेउमा पुग्यो कि त मगमग बसाइहाल्छ
ठाडो बोतल देख्नै हुन्न यो मुख रसाइहाल्छ
बोतलको पानीले…
हजुरबाले भन्ने गर्थे दहीदूध खानु नाति
तर मलाई दहीदूधभन्दा खोयाबिर्के जाती
बोतलको पानीले…
दूधदही खाँदा यो शरिरमा लाग्ने कहिले कहिले
बोतलको झोल खाएपछि झ्याप्पै लाग्छ अहिले
बोतलको पानीले…
मुसुमुसु हाँसिदिन्छिन् यी भट्टीकी साहुनी
किन मलाई यति धेरै यिनको माया लाउनी
बोतलको पानीले…
दाजुभाइ दिदीबहिनी दश औंला जोड्छौं
यो माटोको कसम खान्छ म आजै रक्सी छोड्छौं
बोतलको पानीले…
शब्द, संगीत – भोजराज काफ्ले
स्वर – भोजराज काफ्ले, धनबहादुर आले
