Skip to content

अप्रैल फुल (कटाक्ष)


अहिले विहानको कुरा बेलुका फेर्छौं
बेलुका बोलेको उठेपछि बिर्सन्छौं
घनिभूत छलफल गर्छौं रोडम्याप खोज्छौं
अग्रगामी छलॉँग दिनै पिच्छे लाउँछौं
सत्ता हो चलाउन सजिलो छैन
सजिलो भयो भने अप्ठेरो बनाउँछौ
नाकाबन्दी, बन्द मन्चन गर्छौ
दिनै पिच्छे अप्रिल फूल मनाउछौं
हुनै नसक्ने चट्टान फोर्न हलो जोत्छौं
कित्ताकाट गर्दै विभाजनको ब्याड रोप्छौं
नावो रोपेर अब फल्छ नवीन फल भन्दै
सपनाको मझेरीमा अप्रैल फूल मनाउँछौं
हाम्रो बारीमा कहिल्यै नफुलेको अप्रिलफुल
आयात गरेर अभाव कहिल्यै नहोस भन्दै
दिनै पिच्छे फलाउँन दिनै पिच्छे फूलॉँउन
अप्रिल फुल अप्रैल फस्ट हाम्रै ऑँगनमा रोपेका छौं ।
हाम्रो राष्ट्रिय चाड भएको छ
हाम्रो भिजन भएको छ
हाम्रो रोडम्याप हाम्रो छलॉँग
शहीद बेचेर बारी भरी
अप्रिलफुल उमारेका छौं
हो हामी दिनै पिच्छे अप्रिलफुल मनाइरहेछौं ।
————————————
अप्रिल -१,२०१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *