Skip to content

लुम्बिनीः अशोकको पहिलो धर्मयात्रा

  • by


प्राचीन भारतमा थुप्रै राजा महाराजाहरू इतिहासका पानाहरूबाट बिलाए । यीमध्ये राज्य बुद्धको जिवनकालमा गरे र बौद्धधर्मको उत्थानमा महत्वपूर्ण रूपले सघाए पनि । यो सिलसिला राजा हर्षवर्धनको काल (६०६ ई.) र त्यसपछि पाल र सेनकालसम्म कायम थियो । बौद्ध धर्मबाट मात्र मानव कल्याण सम्भव हुनसक्ने महसुस गर्न पुगेका राजा अशोकले, कलिंगयुद्ध पश्चात तत्कालीन स्थानीय बुद्ध धर्मलाई जनजनमा पुर्‍याई विश्वधर्मको रूपमा स्थापित गर्न सम्पूर्ण जीवन समर्पित गरे । राजा अशोक जसले बुद्धधर्म ग्रहण गरे पश्चात राज्यको सिमानालाई भन्दा बुद्धवाणीको आधारमा धर्मराज्यको सिमानालाई विस्तार गरे । अन्ततः उनी भारतभूमिको एक मात्र सम्राट अशोकको रूपमा चिनिए ।

परिनिर्वाण पूर्वको बुद्ध वाक्य हो यो- ”चत्तारिमानि, आनन्द, सुद्धस्य कुलपुत्तस्स दस्सनीयानि संवेजनीयानि ठानानि । कतमानि चत्तारि ? ‘इध तथागतो जातो ‘ति, आनन्द, सद्धस्स कलपुत्तस्स दस्सनीयं संवेजनीयं । अर्थात्-‘आनन्द ! श्रद्धा कुलपुत्रको निमित्त यी चार दर्शनीय संवेजनीय (वैराग्यप्रद) स्थान हुन्, कुन चार स्थान ? जहाँ (लुम्बिनी) तथागतबाट जन्म लिनु भयो, भनी आनन्द, श्रद्धालु कुलपुत्रको निमित्त दर्शनीय संवेजनीय स्थान हुन् ” कलिङ्गयुद्धको विभिषिकाबाट आक्रान्त सम्राट अशोकको मनको तापलाई त्यही बुद्धवाक्यले ठण्डा गरायो, अन्ततः उनको स्थलगत धार्मिक यात्रा केही हदसम्म यस वाक्यबाट निर्देशित हुन पुग्यो । तसर्थ लुम्बिनी दर्शनमा उपयुक्त समयको लागि प्रतिक्षारत रहे ।

सम्राट अशोकको धर्मयात्रा राज्याभिकेषकको दसौँवर्षको अवसरमा भएको उल्लेख गरिएको छ । उहाँको धर्मयात्रा स्थानपरक वा वस्तुपरकको रूपमा उल्लेख गरिएको देखिँदैन । बरू बौद्ध धर्मप्रति समर्पण त्यसद्वारा निर्देशित मार्ग तर्फ उन्मुख भएको बुझाउँदछ ।

आफ्नो अभिषेकको दशौँ वर्षपछि निकमि सम्बोधी, बुद्धको सम्बोधी मार्ग तर्फ समर्पितभई धर्मको लागि अग्रसर भएको जनाउँदछ । राज्यभिषेकको आठौँ वर्ष इ.पू. २६१ मा कलिङ्ग माथि आक्रमण गरी बिजय पश्चात् युद्धको विभिषिकाको दृश्य, आक्रमणको परिणामबाट बिरक्त हुन पुगेका सम्राट अशोक राज्यभिषेकको दशौँ वर्षमा बुद्धको सम्बोधी मार्गमा पूर्ण रूपले प्रवेश गरी सम्पूर्ण सुखको परित्याग गर्न पुगेको बुझिन्छ ।

हुनतः निक्रमि सबोधीको अथ्र्याइमा केही विद्वानहरू बुद्धगया धर्मयात्राको प्रथम गन्तव्य रहेको भनी व्याख्या गर्दछन् । त्यसो भए सम्राट अशोकले आफ्नो महान् कार्यको थालनीलाई अभिलेखद्वारा सूचित गराउन पर्दथ्यो । बुद्धगया स्तम्भ अभिलेखबिहीन मौन मुद्रामा उभिएको पाइन्छ । लुम्बिनी उपस्थितिमा गौरन्वान्वित भएका सम्राटले यदि बुद्धगयाबाट महत्त्वपूर्ण कार्यको थालनी गरेको भए जानकारी नगराउनु पर्ने कुनै कारण थिएन । सम्राट अशोकको लुम्बिनी उपस्थिति बौद्ध इतिहासमा महत्त्वपूर्ण घटनाक्रम हो । हुन त ः बुद्ध परिनिर्वाणको लगत्तै यस स्थानको महत्त्वमा बृद्धि भयो । जसको कारण लुम्बिनीमा बौद्धहरूको उल्लेख्य उपस्थिति स्वाभाविक थियो । यही क्रममा हिम्मत खण्डका मज्भिmम थेर लगायत भदन्त उपगुप्त जस्ता बौद्ध व्यक्तित्वहरूको समय समयमा यस स्थानमा उपस्थिति रहे । तीर्थस्थलको धर्म यात्रा गर्न प्रेरणा दिने गुरू महास्थवीर मोगलीपुत्त तिस्सको आदेशानुसार अशोक, आचार्य उपगुप्तको मार्गदर्शनमा लुम्बिनी आईपुगेको उल्लेख छ । ‘अथ राजा चतुरङ्गबलकार्य संनाहृय… अर्थात्, सम्राटका साथ राजकीय परिवार तथा सैनिकगण सहित लुम्बिनीमा पुगेको दिव्यावदानमा स्पष्ट उल्लेख छ । बोधिसत्वको रूपमा प्रथमपल्ट भूमिमा स्पर्श गरेको साङ्केतिक शिलामा श्रद्धा व्यक्त गर्दै सम्राट अशोकले पूजा अर्चना गरी, यस धर्म यात्राको चिरस्मरण रहोस् भन्ने साङ्केतिक शीलामा श्रद्धा व्यक्त गर्दै सम्राट अशोकले पूजाअर्चना गरी, यस धर्म यात्राको चिरस्मरण रहोस् भन्ने उद्देश्यले स्तम्भको स्थापना गराएका थिए । साथै स्तम्भमा आफ्नो आफ्नो धर्मयात्राको अभिलेख कुद्न लगाएका थिए । भगवान बुद्धको जन्म स्थानलुम्बिनीमा जन्म स्वरूप साङ्गेतिक चिन्ह सम्राट अशोकको उपस्थिति पूर्व स्थापित भइसकेको प्रमाण सम्राटले बन्दना गरेर भनी शलिालेखमा उल्लेख व्याक्यांसले पुष्टि गर्दछ ।

शिलालेखका रूपमा अशोक स्तम्भ उल्लेख कैयौँ सन्दर्भले त्यतिखेरका कैयौँ वैशिष्टय यथार्थलाई पुष्टि गर्दछन् । खासगरी बुद्ध धर्मप्रति अनि लगाव र त्यसप्रतिको उच्च श्रद्धाका कारण सम्राष्ट अशोकले त्यतिखेर गरेको त्यो यात्राको महत्व चीरकालसम्ममा प्रभावशाली र वेजोड प्रती हुने नै छ । त्यसपछि बुद्ध परिनिर्वाणको लगत्तै लुम्बिनी महत्वमा बृद्धि भएता पनि सम्राट अशोक पूर्व यहाँ भौतिक संरचनाहरूको खासै विकास भएको देखिँदैन, तसर्थ लुम्बिनीको गरिमालाई जीवन्तमा दिने क्रममा अशोकले इ. पु. तेस्रो शताब्दीको ठूलो युगान्तकारी परिवर्तन ल्याई भौतिक संरचनाहरूको निर्माण गरिदिएको पाइन्छ । बौद्ध धर्मलाई गृहस्थप्रधान धर्मको रूपमा अङ्गकिार गर्न पुगेका अशोकले समस्त प्रजाको भौतिक तथा नैतिक कल्याण गर्ने उद्देश्य स्वरूप आफ्नो धर्मयात्राको प्रथम प्रस्थानबिन्दु अन्ततः लुम्बिनीबाट गर्न पुगेकोमा दुईमत देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *