Skip to content

छानो खरको होस्


छानो खरको होस् बाँसको बार होस्
जिन्दगी छोटो होस तर शानदार होस्

मौसम झैँ हर बखत नफेरिदियोस् मन
जे छु ठिक छु भावना सदाबहार होस्

ढाल्न नसकोस् चाहेर पनि विपक्षीले
छाती भित्र एउटा स्थायी सरकार होस्

मरी के लानु छ र,शिवाय खाली हात
यो जूनी बाँच्नेहरूलाई यादगार होस्

केही चाहिँदैन मलाई जिन्दगीमा अरु
बस् केही दुश्मन होस् केही यार होस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *