हिजोको दिन, दुखको छिन, विर्सन्छन खै किन
के थियो हातमा, को थियो साथमा, ठान्दैनन् सम्झिन
चर्खा हो एउटा, मानिसको जीवन, सुख र दुखको
दुखमा साथी, योभन्दा माथि, मैले केही ठानिन
आकाशका चरा, झरेर धरा, भर्ने छ भोको पेट
मान्छेले बरु, बिर्सन थाले, टेकेको जमिन
ज्यान भए राजी, गरौ होडवाजी, केही शर्त छन् मेरा
को सक्छ यहाँ, भुइँ छोडी सिधा, खुट्टाले उभिन
सुनपानी पनि, विष हुन्छ तिम्रो, हातले नदिनु
म मर्छु बरु, बाच्दिन अरु, सहेर कठिन
रेखा पन्त, गोर्खा
हाल इजरायल
