
पिरतीमा औकात खोज्ने सुनकी माया रैछौ तिमी
बादलुमा हराई हाल्ने जुनकी छाँया रैछौ तिमी
हेरिरहँदा शीतल दिन्छौ छुन खोज्दा टाढा भाग्ने
पराई हौ कि आफ्नै तिमी रिसाएनी माया लाग्ने
दाग छैन तिम्रो रुपमा मनमा के छ के छ ?
कहिले घोच्ने कहिले पोल्ने पिरतीमा यस्तै रेछ
छोडी जानु थियो भने फर्की फर्की किन हेर्यौ
एकफेर भेटौम्भन्दा व्यर्थै कर्के आँखा किन तर्यौ
हजार जुनी साथ दिने किन तोड्यौ बाँचाहरू
सिन्दुरको साँध लगाई किन मार्यौ आशाहरू
राम योञ्जन
पोखरे, भोजपुर ।
