Skip to content

परिचय मेरो


आँफै मात्रै भए पो यो , परिचय मेरो,
नाम मात्र प्रसस्त थ्यो, बुझ्न सेरो फेरो,
प्रयोग मा अझै जारी , बुझ्न आफुलाई ,
कन्हा छु खै म मात्र त्यो , नाम भन्नलाई।

आफु मात्रै बन्न मैले , नचाहेर हो कि,
श्रीजना का मुहानमा , ल्याए तिम्लाई बोकी,
ठुला लाग्ने स्वोप्ना मेरा , साना साना देख्छु,
मात्र तिम्रो उचाइमा , मेरा अर्थ भेट्छू।

मलाई नै मेट्न खोज्ने , कस्तो चाह मेरो ?
उचाई त्यो फेरि तिम्रै , परिचय मेरो,
तिमीलाई फुलाउने , चाहना यो मेरो,
हासो हरु पनि तिम्रै, तेही अर्थ मेरो।

भ्रम होइन ,तिमीभित्र , मलाई यो खोज्ने,
चाहना हो, फेरि आफ्नै , यही बाटो रोज्ने,
कोपिला का अनन्त ति, सुभावनाहरु पनि,
थप्दछन फेर् , मलाई नै, जीवन्तता गनी गनी ।

मेरो सानो बगैचाको , मेरो आफ्नो बाटो मेट्दै,
तिमीलाई फुलाउने, लामो यात्रा सुरु गरे,
तिम्रा साना पाइलाभित्र ,सुस्त सुस्त यात्रा मेरो,
तिमीलाई फुलाउने मेरो खुशी तय गरे।

तेसैले त ,बिना मेरो ,परिचय, परिचित ,
तिमी भित्र आज मेरा ,पाइला हरु समाहित ,
थाहा छैन फेरि पनि ,मेरो हार हो कि जित ??
परिचयको परिभाषा फेरि पनि प्रश्न सित ??????

5 thoughts on “परिचय मेरो”

  1. राम्रो लयमा लेख्नुभाछ। तलका
    राम्रो लयमा लेख्नुभाछ। तलका लहरहरू उत्कृष्ट लाग्यो।

    तेसैले त ,बिना मेरो ,परिचय, परिचित ,
    तिमी भित्र आज मेरा ,पाइला हरु समाहित ,
    थाहा छैन फेरि पनि ,मेरो हार हो कि जित ??
    परिचयको परिभाषा फेरि पनि प्रश्न सित ?

  2. धन्यवाद kbs जि ,तपाइले दिनु
    धन्यवाद kbs जि ,तपाइले दिनु भाको हौसला को कदर गर्दछु।

    कबिता मा बोकी हुनुपर्ने ठाउँ मा बोक पो भएछ। आज पो देखे।

  3. सुफीजी,
    धेरै राम्रो परिचय

    सुफीजी,
    धेरै राम्रो परिचय रहेछ हजुरको–अन्तिम मा आएको प्रश्नले चै अझै बढि परिचित हुने रहर अदृष्य रुपमा लुकेर बसेको रहेछ जस्तो लाग्यो –:)

  4. कृष्ण जि, आश्मा जि ,तपाइ हरु
    कृष्ण जि, आश्मा जि ,तपाइ हरु ले दिनु भएको हौसला लाई ,यो सुफी को धेरै धेरै धन्यवाद । सिक्दै छु ,कृष्ण जि,परिपक्व भनिदिनु भयो, प्रसम्सा मा पुलकित हुने यो मन फुरुङै भयो। आश्मा, रहर हरु त सधैं बाचेकै हुनु पर्‍यो नि, हो त तपाईंले भने जस्तै।
    suphi

  5. सुन्दर लाग्यो सूफी जी
    मन छोए

    सुन्दर लाग्यो सूफी जी
    मन छोए ।

    तपाईको भावनाको प्रस्तुति अत्यन्त कलात्मक
    र परिपक्व छ , लेखिरहनु होला
    पढ़ी रहन पाऊं ।

Leave a Reply to आश्मा Cancel reply

Your email address will not be published. Required fields are marked *