Skip to content


हिजो पनि थियो एउटा बन्द
आज पनि गुडेनन् सडकमा गाडीहरु
यातायात बन्द फेरि चक्काजाम
सहर क्रनाभरि डुलिरह्यो
मात्र नाराबाजी
जुलुस तोडफोड लाठी चार्ज ।

विरोधको विरोधमा
बन्दको विरोधमा
कसैको पक्षमा
कसैको विपक्षमा
केही सुल्टयाउन
केही उल्टयाउन
निर्णय, अनिर्णय
अभावै अभावहरुको
विशाल खाल्डोबिच
जँगली फूल झैं खुलेआम
फुलिरहेछन् धर्ना आन्दोलन
बाटोस्कूलअस्पताल बन्दहरु।

सडकछेउ पेटीमा
थुप्रै मलिन आश र घाइते मनहरु
भारी बिसाई पर्खिरहेछन्
बन्द हुने “बन्दहरु”
“पर्खी! खुल्न दे बन्द”
एउटा कमजोर अनि निरिह
सान्त्वना समेत ढर्मराउँदै ढल्यो
कागजका तख्ताहरुमा पोखिएका
आवाजका जुलुसहरु
भोको पेट र दुखेको मनहरु कुल्ची
भर्खरै फेरि अर्को एउटा
बन्द डोर्याइरहेछन्
भोलिदेखि अनिश्चितकालीन बन्द रे!

4 thoughts on “बन्दैबन्दहरु”

  1. सुषमा जी नमस्कार, यहाँको लेख
    सुषमा जी नमस्कार, यहाँको लेख रचनाहरू धेरै राम्रा छन् । मलाइ सारै मन परेको छ । यस्ता लेख रचनाहरूको म पाठक पनि हुँ त्यसैले अलिकति परिचय सँगै यस्ता रचनाहरूमा आफूलाइ केहि जानकार बनाउन चहान्छु । यहाँको अनुमति भए म हरि मानन्धरका लागि केहि पस्कनु हुन्छ कि ? [email protected]

  2. hari ji
    namaskar
    thank u for

    hari ji
    namaskar
    thank u for liking and having an interest in my writings.if u want to ask and share anything about writings,u cud mail me in my personal Id.
    susma
    [email protected]

  3. बुढाहरू मात्रै बन्द र
    बुढाहरू मात्रै बन्द र चालखेलको राजनीति गर्ने हुन् भनेर विश्वासहरू युवापुस्तामाथि थोपर्ने नेपाली जनता! धिक्कार! स्वबियु चुनाबको हिंसाले देखाइदियो युवाहरू कत्तिको विश्वासयोग्य रहेछन्।

Leave a Reply to sushma Cancel reply

Your email address will not be published. Required fields are marked *