Skip to content


जाने हुन्छन् फेरि फर्की आउने हुन्छन्
आफ्नो आफ्नो बाटो हजुर
लड्ने हुन्छन् संघर्षमा मर्ने हुन्छन्
जिन्दगीको सत्य हजुर

महलभित्र बस्नेलाई पीर छ महलसरी
झुप्रो कुर्ने सान्नानीलाई जीवन झुप्रैभरि
महल झुप्रो के कुरो भो पीर छ सडकमा नि
दुखभित्र हाँसो खोज्ने खेल हो जिन्दगानी

दिए खाने भन्नेहरु आज दिनेपट्टि
अमूर्त हौं भन्ने पनि गए सडी-गडी
खुसी फुल्ने पहाडभरि बेहोसीको पहिरो
सत्य बोके जीवनभरि सन्तुष्टिको ओइरो

बाटो कुर्ने बुढी आमालाई परदेशीको आस
बाटो भुल्ने परदेशीको कहाँ हो गाँस बास
बाटो होलान् लाखहजार रोज्नुपर्ने एउटा
स्वर्गलाई पछि छोडी खोज्छौ कहाँ देउता

5 thoughts on “जिन्दगानी”

  1. कुमार जी ,
    आर्थीकमन्दीले पनि

    कुमार जी ,
    आर्थीकमन्दीले पनि फाइदा चाही भएको छ । कबिता कोर्ने फुर्सद मिलाईदिएको छ लेख्नुस लेख्नुस यही हो मौका ।
    दिनेश

  2. महलभित्र बस्नेलाई पीर छ
    महलभित्र बस्नेलाई पीर छ महलसरी
    झुप्रो कुर्ने सान्नानीलाई जीवन झुप्रैभरि

    बाटो होलान् लाखहजार रोज्नुपर्ने एउटा
    स्वर्गलाई पछि छोडी खोज्छौ कहाँ देउता
    कुमार जि इ लाइन हरु धेरै मन परे। अनी हेर्नुन मलाई केही लेख्नु मन लाग्यो।
    झुप्रो भित्र जिन्दगी ,न अटेर महल खोज्यो ,
    पोल्टो भरि फेरि उसले ,महल सरि पिर रोज्यो,
    बिकास भन्छन कोही एस्लाई ,सान्ती छैन मन भित्र,
    स्वोर्ग कता खोज्नु खोइ, छोडियो त्यो झुप्रो भित्र।

    सुफी

  3. सान्त्वना दिने खाले रहेछ
    सान्त्वना दिने खाले रहेछ ”सत्य बोके जीवनभरि सन्तुष्टिको ओइरो” —

  4. सुफीजीको कविता दामी छ। एक
    सुफीजीको कविता दामी छ। एक टुक्रा म पनि थपिदिम् के रे!

    झुप्रोमूनि स्वर्ग होला, होला महलमा नि
    महलतिरै फड्को मार्न खोज्ने हाम्रो बानी
    सत्यताको जग राखे सन्तुष्टिको बल छ
    झुठमा उठ्ने तासको महल भित्रभित्रै गल्छ

    महल आफैंमा नराम्रो होइन। तर, झुठको ईंटाले बनेको वा जूवामा हात पारेको महल भनेको आफैंलाई घाँडो हुन्छ। यदि पसिनाले बनेको सफा महल छ भने, त्यो भन्दा अडिग र स्वर्णिम केही हुँदैन।

    दिनेशजी, त्यसो भन्दैमा सधैं आर्थिक मन्दी आयो भने त भोजन गर्ने बाटो गइहाल्छ नि!!!

  5. समुद्र पारी
    मन्दी को

    समुद्र पारी
    मन्दी को हलचल
    नेपाली चुल्हो
    प्रकाश

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *