मनको बस्ती अन्तै सरेको खबर आयो
फूलका लागि जून मरेको खबर आयो ।
लगाएर आगो मनको फूलबारीमा
निष्ठुरीले साँघु तरेको खबर आयो ।
सकिएकै थिएन गाँसेर प्रेमको माला
रङ्गमञ्चको पर्दा झरेको खबर आयो ।
रङ्गाउँछु सिउँदो भन्ने मेरो अठोट थियो
त्यही सिउँदो अर्कैले भरेको खबर आयो ।
– प्रवीण बानियाँ
शब्दघर, ताप्लेजुङ
