भाइले भाइ मार्या के अनौठो भो
वा मर्नु न बाँच्नु पार्या के अनौठो भो
को मान्छ पूर्वीय दर्शन यहाँ
पश्चिमा ओसार्या के अनौठो भो
हाम्रा राम्रा, जात, धर्मको कुरा
विश्वास बार्या के अनौठो भो
पढाउने उही हो पढ्ने उही हो
सर्वोत्तम खार्या के अनौठो भो
कस्तो त हार स्वीकार्नु पर्छ जाबो
लक्ष्मी पौडेल ‘उषा’
