Skip to content


तबदेखि उसले पाएको थियो
एउटा सहर
एउटा सडक
एउटा झाडी
चेहेराको निम्ति एउटा पोस्टर
वार्तालापको निम्ति एउटा नारा
बस्नको निम्ति देशको नक्सा
चलाउनको निम्ति एउटा ठेलागाडा
ठेलागाडा चलाउदै
ऊ अँझै पनि लुकिरहेछ
सहरका झाडीहरूमा अल्झिदै
छटपटाउँदै
फाटेको जुत्तामा
सडक उसको छातीमाथि
दौडिइरहेछ निरन्तर
ऊ अँझ खोजिरहेछ
नक्सामा आफ्नो घर
बोल्नका लागि शब्द छैनन्
केवल चुपचाप ।

राममणि सिटौला

Leave a Reply

Your email address will not be published. Required fields are marked *