त्यो गिद्द सिनो खाएर बडादशैं मनाइरहेछ
गरिबको गोजीमा त रगडा पनि गनाइरहेछ
हुनसक्छ तिमीले रातारात भ्रष्टचार गरेर
कुकुर झै चोक्टाहरू कमायौ छापामार?
त्यो मजदुरलाई हेर ! जिन्दगीभर मरेर
खोलाको बगर छेवैमा छाप्रो बनाइरहेछ
त्यो गिद्द सिनो खाएर बडादशैं मनाइरहेछ
गरिबको गोजीमा त रगडा पनि गनाइरहेछ!!
