Skip to content

जिन्दगी एउटा कविता


ऊ भन्छ कि यो जिन्दगी
कविता प्रतियोगिता हो
म मान्छु कि जिन्दगी नै
स्वयम एउटा कविता हो

तिनीहरू आफ्नै आमालाई
लत्याएर भन्छन कि,
मैयाँ तिमी मेरो सर्वस्व
प्राण र अस्मिता हो
म मान्छु कि यो जिन्दगी नै
स्वयम एउटा कविता हो

फाली लागेर रातभर रोइरहेका
ती गोरुहरू नचलाउ ए मालिकहरू
हाम्लाई धानको भात खुवाउने
त्यो हाम्रो पिता हो
म मान्छु कि यो जिन्दगी नै
स्वयम एउटा कविता हो

दिनभरि -मकै पोलि,पोलि
आँसुहरू पुच्छिन ती बिध्वा दिदी
लाग्छ अगेनोमा जलिरहेको
आफ्नै लोग्नेको चिता हो
म मान्छु कि यो जिन्दगी नै
स्वयम एउटा कविता हो

जिन्दगीभर म यो सहरमा
मानव सभ्यता खोजिरहे
थहा थिएन कि आफ्नै घर
कुरान,बाइवल,गिता हो
म मान्छु कि यो जिन्दगी नै
स्वयम एउटा कविता हो

ती गरिबका दुखहरू देखेर
यो सामन्ती जगत यसरी हाँस्छ
मानौ कि किनारका ती दृस्यहरू
कुनै पागलको रमिता हो
म मान्छु कि यो जिन्दगी नै
स्वयम एउटा कविता हो

हुनसक्ला कि उस्को ताल,
या लाग्ला कि उस्लाई बिसाल
अफसोच यो बडादशैं कसैको लागि
पीडा र आसुहरुको सरिता हो

बिद्दान भगवानका तस्वीर
टागिएका ती मन्दिरहरू
बाहिर टुहिरो बालक भन्छ कि
त्यो केबल पत्थरको भित्ता हो
म मान्छु कि यो जिन्दगी नै
स्वयम एउटा कविता हो

चट्टान र फलामका किलासँग
लडेर साझमा फर्किएर गाइले,
झमझम चुसाइरहेको दुध
हैन आफ्नै रगतको सीता हो
म मान्छु कि यो जिन्दगी नै
स्वय म एउटा कविता हो

मृत्यु र भुत भण्ठानेर, सत्रु मानेर
जोसँग तिमी डराइरह्यो
अरे यार छामेर हेर !
त्यो वर्षातको एउटा बाछिट्टा हो
म मान्छु कि यो जिन्दगी नै
स्वयम एउटा कविता हो

जुन खेतमा अन्न बग्यो,
जुन देशमा डाफे परेवा भागे,
किन लागेन कि तिमीलाई
त्यो मेरो मातृभूमि
अनि आफ्नै बाबुको कित्ता हो?
म मान्छु कि यो जिन्दगी नै
स्वयम एउटा कविता हो

आज सूर्य र जुनताराले मलाई
एकसाथ भने कि
“यो प्रकृतिको रीत भन्नू नै
यहाँ एउटा अपराजीता हो”

ऊ भन्छ कि यो जिन्दगी
एउटा कविता प्रतियोगिता हो
म मान्छु कि यो जिन्दगी नै
स्वय म एउटा कविता हो!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *