Skip to content

ढुङ्गाचट्टान पनि


ढुङ्गाचट्टान पनि सब गलेर
यहाँ कमसल-कमल भयो
फुलबारी अनि जब जलेर
जहाँ जहाँ जङ्गल भयो

विश्वास लाग्दैन होला ए!
मसानका चुडेलहरू
चिहानकी परी पनि आज
आकाशकी एञ्जल भयो
ढुङ्गाचट्टान पनि सब गलेर
यहाँ कमसल-कमल भयो

ती मन्दिरमा भगवानको भजन गर्ने,
गायक भएछन
आखिर मर्ने त यहाँ नालायक
त्यो ढोलक या मादल भयो
फुलबारी अनि जब जलेर
जहाँ जहाँ जङ्गल भयो

पछार्न बन्दुक बोकेर दुश्मनलाई
मार्न हिडेको मान्छे
एउटा जवान कन्याकै मुस्कानले
ऊ घायल भयो
ढुङ्गाचट्टान पनि सब गलेर
यहाँ कमसल-कमल भयो

ए सरकार यो देशमा कर यसरी बढ्यो कि
भ्रष्ट्रचार मानौ कि
यी लाचार भुसभन्दा पनि सस्तो त
यहाँ किसानको त्यो चामल भयो

प्यार हैन यार त्यो ब्यपार सम्झ
यो कालो संसार
कारागारमा बाघको सिकार
अनि बिरालोको छल भयो

बारम्बार नहेर अनुहार,
अहङ्गकारको नगर सृङ्गार
जस्तो कि कविता लेख्दा
यहाँ मेरो यो गजल भयो

मत विशुद्ध सफल जीवन सम्झिए
हल जगत
जबदेखि मेरो यो मन यहा
बुद्ध झै सरल भयो

उनीहरू बारुद्द र बिद्रोहले
शान्ति खोजिरहे त्यसैले त
मातृभूमि भासिएर
आमाको छाती आज पातल भयो

छ्या कसरी भन्यौ कि?
मेरा बाउको पसिना गनायो भनेर
के तिमीहरुले पिएको
कुकुर झोल चै गङ्गाजल भयो?

ढुङ्गाचट्टान पनि सब गलेर
यहाँ कमलकमसल भयो
फुलबारी अनि जब जलेर
जहाँ जहाँ जङ्गल भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *