Skip to content

पैसामा कहिल्यै बिकिन त्यसैले मन पराएनन्


पैसामा कहिल्यै बिकिन त्यसैले मन पराएनन्
जालझेलमा कहिल्यै टिकिन त्यसैले मन पराएनन्

सधैं अघि बढिरहें परिवर्तनको निम्ति केवल
बखेडा कहिल्यै झिकिन त्यसैले मन पराएनन्

कुहिएको पिठो विक्यो बोल्न सक्नेहरुको
झुठो कहिल्यै सिकिन त्यसैले मन पराएनन्

घुमाउँदा रहेछन् कलम स्वार्थमा डुल्नेहरुले
गलत कहिल्यै लेखिन त्यसैले मन पराएनन्

समृद्धिको एउटै ढोका भ्रष्टाचार मुक्त शासन
त्यो बाहेक अरु देखिन त्यसैले मन पराएनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *