Skip to content


धेरै ठाउँमा खाल्टो खनेर उठेका
अट्टलिकाहरू अट्टहासमा
जसको कुनै पत्रमा
पसिनाको गन्ध पाइँदैन
मर्यादाको सुगन्ध छरिएको हुन्छ
अरूले नदेखे पनि
धरहरा साक्षी छ
सत्य-असत्य छुट्याउन
जसलाई भीमसेन थापाले ठड्याएका थिए ।

आज पनि ऊ,
भीमसेन थापा सेरिँदा जस्तै
चुपचाप छ
झ्याल-झ्यालभित्र आँखा गडाएर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *