Skip to content


जति हुल भए पनि
एक्लिन सक्छ मानिस
होइन भने जिन्दगीको हाहाकार बोकेर
को बाँच्न सक्थ्यो र ?

जहाँ, बिहान, साँझ र रातहरूले
जिन्दगीलाई अजिंगरले जस्तो डसिरहेको होस्
जहाँ, खतराको आभासभित्र
मुटुले सास फेरिरहेको होस्
जहाँ, आफैँसँग आफैँ
खुल्न डराइरहेको होस् मानिस
जहाँ, आफैँसँग आफैँ
आँखा बचाएर हिँडिरहेको होस् मानिस
जहाँ मानिससँग पन्छेर
हिँडिरहेको होस् जिन्दगी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *