बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
मेरो देशमा दीपावली छ
बरु आऊ तिमी पनि मेरी बहिनीको टीका लगाऊ
मेरो देशमा दीपावली छ
दाजुहरू हातहतियार र गर्धनमा बारुद बोकेर भन्छन(२)
भाइ भारतका गान्धी बोलाऊ देशका बुद्धहरुलाई जगाऊ
मेरो देशमा दीपावली छ
बरु आऊ तिमी पनि मेरी बहिनीको टीका लगाऊ
मेरो देशमा दिपावली छ
म मान्दै मान्दिन ती देशका दुश्मनहरुलाई म भन्दिन कि (२)
मेरो आगनमा आएर कुकुर काग र गाईहरू भगाऊ
मेरो देशमा दिपावली छ
आऊ तिमी पनि बरु मेरी बहिनीको टीका लगाऊ
मेरो देशमा दिपावली छ
जसरी उस्ले यो देश र एक अवला नारिलाई लुटेथ्यो (२)
सरकार जिन्दगीभर ती अपराधीहरू उसैगरी तड्पाऊ
मेरो देशमा दिपावली छ
बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काउ
मेरो देशमा दिपावली छ
रातभर जन्ताहरू गाउ सहरको दैसिभैलोमा भुल्याएर (२)
चोरस्यालहरू हेरिरहेछन् भडारकोठामा पस्न दाउ
मेरो देशमा दिपावली छ
बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
मेरो देशमा दिपावली छ
सरकार कर तिर्ने त्यो गरिब गाउमै क्यान्सर भएर मर्छ(२)
तिमी रुघा लाग्क्दा पनि अस्ट्रेलिया जाऊ अमेरिका धाऊ
बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
मेरो देशमा दिपावली छ
आज आतङ्गककारिहरुले हातमै सूर्य बन्दी बनाएका छन(२)
जस्तो कि थानामा थुनिएको छ बचेराहरुको एक माउ
बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
मेरो देशमा दिपावली छ
किन कैले पनि यार त्यो चौकिदार र भगवानले भन्दैन (२)
भूकम्प भ्रष्टचारी भत्काऊ र बाढी बलत्कारीहरू बगाउ
मेरो देशमा दिपावली छ
बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
बरु आऊ तिमी पनि मेरी बहिनीको टीका लगाऊ
मेरो देशमा दिपावली छ !
