Skip to content


गाउँ गाउँ घुम्दै हिँड्छु शहर बस्ती डुल्दै हिँड्छु
जिन्दगीको गीत गाउँदै हिड्ने मेरो काम
ईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम

मेरो जात मान्छे नै हो अर्को कुनै जात छैन
कर्म नै धर्म ठान्छु अरु केही जान्या छैन
निदाउनेलाई उठ भन्छु, फुट्नेलाई जुट भन्छु
कालो बादल हटाएर आँगनीमा ल्याउन घाम
ईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम

चेतनाको बत्ती बाली आऊ जागौँ आऊ उठौँ
बस्तीबाट हराएको उज्यालो खोज्न जुटौँ
परे आगो बन्नु पर्छ परे आधीँ बन्नु पर्छ
शीर उठाई बाँच्नेलाई गर्छु म सलाम
ईश्वर त त्यसै ठूला मान्छेलाई प्रणाम ।

रचना : प्रमोद ढुंगाना
स्वर/संगीत : चेतन सापकोटा
चलचित्र : किसान
रेकर्ड वर्ष : २०६५

1 thought on “मान्छेलाई प्रणाम”

Leave a Reply to bheshraj71 Cancel reply

Your email address will not be published. Required fields are marked *