त्यो किसान हरेक पल
यो पृथ्वीलाई पसिना दिन्छ
त्यही भएर त त्यो जमिनले पनि
दशैं सकिएपछि दक्षिणा दिन्छ
आकासको आजाद बाज आएर
अग्लो महलको बार्दलीमा भन्यो कि
ओ! कारागारको कैदी कुकुर
तेरो तिहार आउन अँझै महिना दिन छ
त्यो मजदुर हरेकपल
यो पृथ्वीलाई पसिना दिन्छ।
त्यही भएर त जमिनले पनि
दशैं सकिएपछि दछिणा दिन्छ !!
