यो मन ढुङ्गा भए कति जाती हुन्थ्यो
न त चोट हुन्थ्यो न त हुन्थ्यो माया
यति मुटु दुख्दा पनि किन लाग्छ माया
खुसीहरू तर्की हिँडे जिन्दगी नै भो अँध्यारो
टुटिसकेको सपना पनि लागिरहन्छ प्यारो
छलुँ भन्छु छलिँदैन पछि लाग्छ छाँया
यति मुटु दुख्दा पनि किन लाग्छ माया
सक्ने भए दुख्ने मन च्यातेरै फ्याँकिदिन्थेँ
छाती रित्तो बनाएर खुसी भई हाँसिदिन्थेँ
मुटुभित्र बेरिएछ निष्ठुरीको माया
यति मुटु दुख्दा पनि किन लाग्छ माया ।
रचना : प्रमोद ढुंगाना
संगीत : लक्ष्मण शेष
स्वर : प्रमोद खरेल
चलचित्र : किन लाग्छ माया
रेकर्ड वर्ष : २०६६ साल

मन छुने रचना
राम्रो ।