Skip to content

खास कस्को हो ?


कहिलेकाहीँ
छाप्रोमा पनि आइरहने
झुपडी धुरका प्वालहरुबाट
आफू अग्लो दरबारको
सर्वोच्छ अदाल तलाबाट
दूरका चर्तिकलाहरू देखाइरहने
एकसुरले आफू अप्सरा हु भन्दै
लगातार रुपको अहङ्गकार गर्दै
मधुर अनुहारको
असन्तृप्त प्रकाश फिजाएर छर्दै
कुनै गरिब मजदुरको घर परिवारलाई
देखेर
बारम्बार खिज्याएर
जिस्काएर
अनि आफ्नै संसारमा फर्किएर
जिन्दगीभर हर पल
हासिरहने पागल झै
बकबास केवल हाँसिरहे झै लाग्ने
एकनाश
कुनै कलाकार झै कहिले
रमाएर नाचिरहने
बकबास हासिरहने
निष्ठुर झुर क्रुर कुनै प्रेयसी जस्तो

खास त्यो आकाशको जून कस्को हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *