याद राख चिहान नै अन्तिममा
सुत्ने ओछ्यान हो
विचारभन्दा ठुलो संसारमा
स्वय म आत्मज्ञान हो
जिन्दगीभर लुकेर घरको भडारमा
भ्रष्टाचार गर्छ एउटा मान्छे उपर
ओ ! मुसो तिमीले खिचिरहेको
त्यो धान हैन किसानको ज्यान हो
याद राख चिहान अन्तिममा सबै सुत्ने
ओछ्यान हो ।
