Skip to content

हजुरबुवा जानुभयो


हरेक साल,
हाम्रो कुप्री परेको बुढो पुरानो सानो घरलाई
वसन्तको हावाहरू आएर वायुलहरमा
धुरीहरू उढाएर लान्थ्यो

हरेक साल सधैं
असार श्रावणमा पानी परेर बाढी आएर
बारम्बार कटान गरेर माटोको घर
तालबाट अलिअलि
किनारमा खाएर जान्थ्यो

हरेक साल सधैं सधैं
भूकम्प आएर लगातार
कहिले आगनमा ज्वालमुखी जस्तो बनाइरहन्थ्यो
कहिले हल्लाएर माथिबाट खावाहरू भत्काउदै जान्थ्यो
त कहिले घरको बीचबाट
बालुवाका प्लस्टरहरू चर्काइरहन्थ्यो
अनि आफ्नै घर र मनको दुश्मन जस्तै गरेर
म भने हजार पटक उसलाई खुकुरी छुरीले प्रहार गर्न खोज्थे
उल्टै चोटहरू दिएर
ऊ अनि एकैछिनम अञ्जान हावाहरुमा हराएर जान्थ्यो

अफसोच, यस बर्स भने स्वयम
यस्तो एउटा अनौठो प्रलय आयो
हावाहुन्दरी, झरी, वर्षात, कालोबादल, भुइचालो
अनि एकसाथ भत्कायो
अनि लड्यो एउटा सिङ्गै घर ग्यार्ल्याम गुर्लुम्मम

सायद प्रकृतिको तारगेट यसपल भने सफल भएको छ
हाम्रो घर भुइबाटै आज भत्किएर गएको छ
भूईंबाटै !
उहीबाटै !

घरको सबैभन्दा मुन्तिरको
सर्वोश्रेष्ठ जेस्ठ एउटा यस्तो दुर्लभ इटा
इतिहासकै एउटा बलियो जग
स्वयम मेरो हजुरबुवा हुनून्थ्यो
आखिर दूर जानू भो ।
हजुरबुवा जानू भो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *