Skip to content

घरझगडा गरेर माइत आएकी छोरीसँग


छोरी:
आमा म अहिले मेरो घरवार छोडेर आएकी छु
थाहा छैन मलाई त्यो घर अहिले कुन हालतमा छ
जँड्याहा लोग्नेले दिनरात दुख दिइरहन्छ
आमा अब मलाई माइतमै सधैं जसोतसो
एउटा सानो आश्रय दिनुहोस्
म अहिले त्यो पापी परिवार छाडेर आएकी छु
अब म फर्किएर त्यो घर कदापि जान चाहन्न आमा
मलाई एउटा सानो काटेरो दिनुहोस् ।

बोक्सी सासूको टोकसो
जँड्याहा लोग्नेको शोषण
अफिस कार्यलयको मेनेजर जस्ता घरपरिवार
अनि साहुको जस्तो आदेश
अनि बिदेशी कम्पनीको जस्तो श्रम
अनि कठघराको कैदी र जनावारलाई जस्तो
सानो कचौरामा एक पिलेट खाना
अनि साहुको जस्तो आदेश
मलाई मेरै माइतको बाउले पनि दिएको थिएन आमा
यदि अधिकार खोज्ने हो भने
एक कठ्ठा खेतगरा अनि एक विगाहा जमिनमा
फलेका सबै धानचामलको भात
मेरो भागमा पर्छ आमा
दायित्व:
दायित्व मैले मेरो निभाएकी छु
यति हुँदा हुँदै पनि मैले पीडा पाएको छु
आमा त्यही भएर त म अहिले माइत आएकी छु
हो म मान्छु
मेरो जँड्याहा लोग्ने र मेरो बिग्रिएको घरपरिवारलाई
मैले सुधार न सकिन
मैले सकिन आमा मैले हार खाए
अधिकार !
यदि, अधिकार चाहेकी भए माइतमा आएर हैन कि
पुलिस केश गरेर आदालतमा गएर
आफ्नो अधिकार मैले माग्थे होला
अधिकारको बदलामा बरु यी दुइटा नानीहरू नै
यही लिएर आएकी छु आमा
त्यो पनि एउटा जड्याको हात-हतियारबाट हत्या हुने त्रासले
इज्जत नभएको, सस्कार बिग्रिएको त्यो घरपरिवार
म अब कहिले पनि फर्किएर जान्न आमा
थाहा छैन मलाई त्यो घर अहिले कुन हालतमा छ
मलाई माइतमै
अब सानो आश्रय दिनुहोस आमा

आमा:
त जन्मदा तेरो बाबु मुग्लानमा थिए
मेरो व्यथा बुझिदिने तेरो मावलको हजुरामा
र पल्लो घरे बुढी दिदी सिवाय
अरु कोही पनि थिएनन्
साहुकै भारी बोकेर मैले तलाई हुर्काए
पढाएँ लेखाएँ र बढाएँ
एक्लै एक्लै बक्राह खोला धारमा
मलाई मसानको कति त्रास हुन्थ्यो होला ?
एकरात मैले तलाई ज्वरो आउँदा
मध्येरातमा पिठ्युँमा बोकेर
एक्लै गोविन्दपुरको स्वास्थ्य चौकी पनि पुर्याएकी छु
हेर !
हार नमान
मैले भर्खरै तेरो रोगी दाजुलाई अर्को साल
नयाँ घर बनाएर
बुहारी भित्राउनु पर्छ भनेर
उसलाई पनि परदेश पठाएकी छु
तेरो बुढो बाबु बारम्बार
अँझै पनि मर्ने बेलासम्म घरको काम गर्नुहुन्छ
बिचलित नबन !
लज्जित नबन !
कुण्ठित नबन !
पीडित नबन !

यो संसार यस्तै हो,
र हरेकको कहानी पनि यस्तै नै हो, जा नानी जा !
यो संसार यस्तै हो
संस्कार आ-आफ्नो हो
र खप्पर पनि आ-आफ्नै हो
परिवार आ- आफ्नो हो
अधिकार आ-आफ्नो हो
अनि धर्म कर्म मर्म
र यथार्थ पनि आ-आफ्नो नै हो
यो संसार यस्तै हो
र सबैको कहानी पनि यस्तै हो
जा नानी जा !
जानी जानी अब आफ्नै बचेरालाई टुहुरो नबना
आफ्नै घरवार फर्किएर जा
र गरी खा ! नानी
जा !
दायित्व केबल एउटा इमान्दारले बहन गर्छ
अधिकार :
हरेकपल केवल एउटा हुतियाराले खोज्छ
जँड्याहा ज्वाइँ साप !
यस बेला भाँडभैलो गरेर
एक्लै एक्लै भोकभोकै भट्टीमा हिडिरहनुभएको होला
बाख्रापाठा गाई बस्तुको बिजोक होला
जा नानी जा ! तेरो सिङ्गो परिवार मर्छ
अनि अब अर्को बर्स तीजमा मात्र फर्किएर आउने गरी जा ।

र मलाई आशा यस पटक तिमी
आफ्नो घर जाँदा
विवाहमण्डपबाट जसरी रोई कराई गरेर हैन कि
बरु उल्टै हजार पटक सम्झाउदा पनि नमान्ने
मेरो मनलाई बारम्बार सम्झाएर आफू हाँस्दै हाँस्दै जानेछौ
र मलाई भन्नेछौ कि
आमा !
हजुरबुवा र हजुरमुमाको ख्याल राख्नु है।

मलाई आशा छ
निश्चय तिमी यस पटक यस्तै भन्दै जानेछौ
यसकारण कि,

अस्तिनै मैले तेरो दाजुलाई पनि युद्ध लड्न पल्टन पठाउँदा
उसले मलाई विजय भएर आउछु भनेको थियो
र ऊ हाँसेर रणसङ्ग्राममा गएको थियो
र मलाई विस्वास छ
ऊ एकदिन यो घर
हामो देश नेपाल फर्किएर आउनेछ अवश्य
र ऊ आउनु आगावै
तिमी आफ्नो घर फर्किएर गैसकेकी हुनेछौ ।

अनि अर्को साल तिमीलाई भेट्न भाइटीकामा
उनीहरू तिहारमा तिम्रो घर आउनेछन।
बरु उपहारमाकै पनि दिनुपर्दैन तिमीले
जाऊ छोरी जाऊ तिमी
अब आफ्नै संसार फर्किएर जाऊ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *