
हिन्दुत्व संरक्षण
( अमेरिकामा )
हिन्दु मन्दिर राम्रो छ, मूर्ती उतै बनेछ नि ।
तुलसी पिपलै रोपी, आउने वासना पनि ।
पूजा पाठ सदै हुन्छ,कैले होम हुने पनि ।
परिसर बगैँचा नै, पुष्प विबिध छन् पनि ।
,
निवारणार्थ प्रदोश, पूजा पनि सदै गरी ।
सकेसम्म हुने भेला ,नर नारी सदै भरी ।
बालक बालिकालाई, गीता समेत कण्ठ नै ।
शिक्षा नैतिकको दिई, ज्ञान दिने सनातनै ।
मात्री भाषा सकेसम्म ,सिकाउने यहाँ पनि ।
नजाने पनि लेख्नै त, बुझ्न सक्ने सवै तिनी।
चिन्मयानन्द श्वामीको, प्रयासमा बनेछ नि ।
मन्दिर हिन्दु विश्वमा , संस्था रहेछ यो पनि ।
विद्यावारिधि पाराँगत् ,विश्व ज्ञानीहरू पनि ।
सिकाउन नि आएका , बालक बालिका पनि ।
हिन्दुत्व यसरी रक्षा, गर्ने प्रयास देखियो ।
यहाँका हिन्दुको यस्तो , उत्क्रिष्ट काम देखियो ।
पद्मराज काफ्ले
dotpen@gmail.com
