Skip to content

प्रतिद्वन्द्वीत कलम लिएर

IMG_5506

साच्चै !
लाखौ जनताको ढाडमा बूई चढेर
भर्याङ थापेर
पेण्टागन भन्दा अग्लीएको तिमी
तिम्रो चूलि
तिम्रो ऊँचाई
तिम्रो शिखर
मैले नापेको छू
क्यानभाष भित्र
तिम्रो चरित्रको मानचित्र
खिचेको छु शिखरमान
तिम्रो प्रत्येक पाठ घोकेर कण्ठ पारेको छु
तिम्रो अध्यक्षतामा
बैठक बसेको बेला
प्रत्येक प्रस्ताव र निर्णयहरू
तिम्रो पेवा हुन्छ
मेरो जस्तै आखा फूलीपरेको बूढी औलाहरू
तिम्रो रजिस्टरमा
ल्याप्चे लाउन बाध्य छन
त्यसैले
अब तिम्रो बैठकमा तिमी एक्लै बस
म समन्वयको पर्दा उघार्न
अन्याय र अत्यचारको विरूद्धमा
संगठीत भएर
बुलन्द आवाज संगै
एकताको शुत्रमा बाधीएर
नया रजिस्टरको निर्माणमा
जुटी रहेको छु
प्रतिदन्दित कलम लिएर

Leave a Reply

Your email address will not be published. Required fields are marked *