हामी सवार थियौ
समान एउटै सवारी साधनमा
एउटा पच्चिस वर्षको जवान
झ्यालको छेवैमा बसेर बारम्बार
एउटा सानू हर्षित बालक झै गरेर
बडो मज्जाले चकित हुँदै कराइरहेथ्यो
मैले सुनिरहेथे लगातार ऊ भनिरहेथियो कि
आहा ! कति ठुलो सहर
कति ठुला ठुला घर
कति मट्टे भद्दा ड्राइभर
कत्रो भयङ्गकर भवन महल र दरबार
बाबा हेर्नून कति ठुला ठुला गाडी
अनि कति धेरै मान्छे
कति ठुलो विशाल बजार
अनि कति ठुलो यो संसार
करले सुनिरहेथिए हर प्यासेञ्जरहरुले
एकनाश उसको अचम्मित आवाजहरुलाई
मैले भने कि यो मान्छे पागल हो कि क्याओ ?
मेण्टल हस्पिटल जानुहोस
यदि आफ्न्त भए उसलाई तुरुन्त पाटन अस्पताल लानुहोस
तब अन्तिममा अग्यात एउटा अधबैँसेले मान्छेले
मलाई प्रतिउत्तर दिदै भन्यो कि
मेण्टल चाहिँ हैन हामी इयण्टी पुगेर आएका हौ
मेरो छोरो जन्मजात अन्धो हो बाबु
मैले अहिले भर्खर उसको आँखाको अपरेशन गरेर आएको छु ।
