मनको कारागारबाट
बन्दी आँसुहरू
आँखाको बाध भत्काएर
बारम्बार बाहिर आउन खोजिरहेथे
तर तिनीहरुले भने उसलाई ऊ भित्रै दबाएर
लगातार राख्न चाहिरहे…
उसलाई प्रकृतिको विधान बिपरित
अवियोग लगाएर..
जन्मकैद जेलजीवन जाक्न चाहिरहे
अन्तिम पटक आखी झ्याल
र
परेलाका टटबन्धनहरू फुटाएर
एउटा अञ्जान एकथोप्पा आँसु
टप्प चुहिएर बाहिर निस्कियो र भन्यो
“म कसैकी आमा हु,
मेरो घरमा मेरो बच्चा भोकाइरहेछ
ऊ त्यो बगरमा हेर त मेरो बच्चा भोकाइरहेछ
मलाई जान दिनुहोस
सरकार…..
किनकि म खोला धारमा थुनिएको छु
म निर्दोष छु
किनकि म नदी हुँ ।”
हतारहतारमा एउटा चौकीदारले जवाफ दियो
“हुँदै हुदैन त कसरी निर्दोष छस?
अस्ति पनि सावन असारमा सारा गाउँ सहर बगाएर
रित्तोरित्तो र नाङ्गो बनाइस
अब पनि तलाई छाडिदियौ भने
बलत्कार गरेर
तैले यो सारा संसार बिगार्नेछस
यार ओए ! वेश्या त कसरी निर्दोष छस ?”
अन्तिम पटक नदीले उत्तर दिदै भन्यो,
“त्यतिखेर मैले अपराधीहरुलाई मात्र
यहाँ ल्याउन चाहेकी थिए
तर अससोच अपराधीहरुले अनुहारमा सत्यको मुकुट
लगाएर
मान्छेको मन्दिर
अनि ईश्वरको अदालतमा इन्साफ दबाएको रहेछ
मेरो यी आँखाका नजर पनि
तिम्रो देशको कानून जस्तै अन्धा भएका रहेछन्
मैले चिन्नै सकिन
ओ ! चौकीदार
ओ-प्रासाशक
यस पटक मेरो निधारमा चिताको
कालो अङ्गगारको
हस्ताछ्एर गरेर मलाई यहाबाट जान दिनुस
म पापीहरुलाई मात्र मसानघाट
र चिहानमा लिएर आउनेछु।”
