सिकार गर्ने रहरहरुसङ्गै
हतियार लियो र
राजा जङ्गल गयो!
दिनभरि मृगको पछाडि दौडियो
र दौडिरह्यो
दिनभरि डुल्यो
र अन्धकार साझमा
चारवटा बाटाहरुमा
अनि आफ्नै दरबार जाने बाटो भुल्यो
आफ्नै घरको बाटो अल्मलियो!
जब रात पर्यो,
बनभरि जङ्गली जनावारहरुको
डर त्रासले
तब रातभर राजाले
बनबास बस्ने निर्णय गर्यो ।
ऊ आफ्नो घर जस्तै सम्झिएर
बादर झै एउटा अग्लो रुखमा चड्यो
र हेर्यो अन्दर
वरपर
एउटा भयङ्कर
सिन्ह
टाइगर
र अजिङ्गर
ऊ कहिले रुखबाट तल खस्छ र
उसलाई खाउला भनेर
निरन्तर
मुख बाएर
बसिरहेथ्यो
एकसाथ
उसलाई आहा मुख बनाएर
पर्खिरहेथ्यो
उसले यो थाह पाइरहेथ्यो कि
एकैछिनमा अनि छैवैबाट
एउटा कुरकुर आवाज आइरहेथ्यो
जहाँ,एकजोडी मुसाहरू
उस बसेको रुखको हागा खाइरहेथ्यो ।
उसले त्यो थाहा पायो
तेतिकैमा माथिवाट मह तपतप चुहियो
अनि उसले लगातार आफ्ना हातहरू थापेर
माथिको मह खाइरह्यो!खाइरह्यो
अनि एकहातले हागाहरू समाइरह्यो
मह तपतप चुहियो
उसका आफ्ना मनहरुले मह मात्र सोचिरहे थियो
अफसोच
मध्यरातमा,
एकसाथ चर्को आवाज सहित
ऊ बसेको रुखको हागा भाचियो
अनि ऊ जमिनमा गिर्यो
र हातखुट्टा र ढाड भाचियो
राजा बेकार मर्यो र
ज्युदै जनावारहरुको सिकार बन्नु अघि
राजाले बारम्बार हजारपटक एउटा यस्तो विचार गर्यो कि,
“मैले मह खानको साट्टामा किन अर्को हाँगामा जान सकिन”
