Skip to content

कुन धर्म हो त्यो भगवान?


कुन धर्म हो त्यो भगवान
जहाँ रातभरिसम्म पनि
सिङ्गो गाउँको निद्रा हराम गरिन्छ
ब्युँझिएर मध्यरातमा मैले यस्तो भने
र एस्सो सुनिरहे बाहिर
कुन धर्म हो त्यो भगवान
जहाँ रातभरि
अर्काको निद्रा हराम गरिन्छ
जहाँ स्वयम म कान थापेर
ध्यान दिएर एकछिन सुनिरहेथे बाहिर,
मान्छेहरू मन्दिरमा भजन किर्तन गरिरहेका थिए
मैले अँझै चर्को आवाज सुनिरहेको थिए
मेरो आफ्नै ओछ्यानहरुमा
जहाँ म स्वय म
मेरो जहानलाई झर्को हुन्छ
मेरो घर परिवार परेशान हुन्छ भनेर

कानमा एएर फोन लगाएर सुतिरहेको थिए।

कुन धर्म हो त्यो भगवान
जहाँ रातभरि हरेराम गरेर
अर्काको निद्रा हराम गरिन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *