Skip to content
276A3886-8215-4BA3-B9DE-DA2947D2953E


लस्भेगस्

ह्युष्टनसम्म कारैमा , त्यहाँबाट त यानमा।
पुगी आकाश भित्रै ज,श्वेत बादलु साथमा।

युष्टनबाट लस्भेगस् , पुगियो उत्रियो अनि ।
अक्तूबर महिनाको , एक तारिखमा पनि ।

रातैमा घुमियो त्यहाँ , झिलीमिली ज देखियो।
कन्सर्ट गीत ठूलै नै, स्वर संगीतको सुनियो ।

गई थाकेर कोठामा, निश्चेत सुतियो अनि ।
युकेबाट तुरून्तै नै, सोधे सन्चै छ के भनि ?

टीभीमा देखियो दृश्य , भागाभाग र रोदन।
कन्सर्टमा भएको त्यो ,नरसंहार क्रन्दन ।

आफ्नै होटेल पल्लो त्यो, घरको बाइसौँ तला।
झ्यालबाट कसैले नी, गोला वर्षा गरेछता ।

अनलाइन बाटै ती , सकिने किन्न बन्दुक।
खेलौना बालकै सरी, गोला भरेर सन्दुक।

अमेरिका भरी यस्तै, नर हत्या हुने कुरा।
सुनिन्छ हतियारको, दोष होइन यो कुरा।

नरले नरलाई नै, नकार्नु हुन्छ घातक।
हतियार त आफैले, कुनै गर्दैन आहत।

प्रात: उठेर कारैमा , अगाडी हिनियो बढी।
बिहानीको चिया खाई, दृश्यावलोकनै गरी।

विश्वको नै ठुलो बाँध, दोस्रो तारिख हूभर।
ताल डीम गयौँ फेरि, हेर्न त्यस दिनै भर ।

तीन अक्तुबरैमा, बिहानै गुडियो सव।
हेरियो क्यालिफोर्नियाँ, दृश्य नूतन नै सव।

देखियो बालुवा राश, बगर बगरै छत ।
रूख पात कतै छैन, बालुवै बालुवा छत ।

ठूला ठूला उपत्यका, ढुँगै ढुंगा गिरी खडा।
आधा हाम्रो तराई नै, होला एकै उपत्यका ।

हुन्छ वर्षातमा पानी, पर्ने यो कहिले कतै।
तीर्खाले जीव व्याकूल, काकाकूल सरी कठै ।

ओरालो उत्तरैबाट, दक्षिण ढल्किए त छ
नाँगो पहाडले घेरी, उपत्यका विशाल छ।

ढुंगा र बालुवा मात्र, पोथ्रा झार कताकति।
माटाको छैन धूलो त, बालुवा कति हो कति।

सागर उत्तरै उच्च, पहाड एउटा खडा।
त्यसको दक्षिणै मात्र, वर्षा हुन्छ उता सदा।

हरियो भरिलो भूमि, सामुद्रिक तटैतिर।
लस एन्जल ‘बीचै’ नि, रहेछ त यतैतिर ।

तटीय क्षेत्रमा साना, होँचा पहाड सुन्दर।
बस्ती बाक्ला धनी बस्ने, हली ऊड यतैतिर।

मन्दमन्द हवा खाँदै, सुस्त सुस्त हिनीकन।
चपला सबला कान्ति , झुमेका मस्त भैकन ।

यत्र तत्र देखिने ती, अभिनेत्रीहरू पनि।
छाल सागरको साथै, उर्लेको ‘बीच’मा

सन २०१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *