प्रतिक्षण स्वच्छ हावा पाइराछु,
रसायनरहित सबैकुरा खाइराछु,
धुलो धुवाँ प्रदूषणबाट मुक्त भाछु,
अरुको पीरमर्काको भार बिसाइराछु
कसैको पेशी छुट्ला भन्ने चिन्ता मुक्त भाछु,
मुद्दा मामिलाको भार बिसाइराछु,
त्यसैले बन्धु, जस्तो छु त्यस्तै देखिइराछु,
डटपेन देख्ने लेख्ने चिन्ने नचिन्ने सबलाई ?
ह्रदयबाटै विजया शुभकामना पुन: भनी राछु ।
