नयन अँश्रु दाग लुकाइ हाँसो बाहिरी देखाएर
भाग्य रेखा टुक्रिएको जीवन गीतलाई लेखाएर
सोध्छन् साथी ‘के छ खबर ?’ भन्छु, राम्रो चलिरा’छ
दिलको कथा मनको व्यथा एकैछिनलाई फेँकाएर
घाउ गहिरो खाटो बस्न गाह्रो रै’छ दिलभित्रको
सग्लो बाँच भन्छ दैव ! बैशाखीमा टेकाएर
ज्योतिषीले भन्छन् बाबा खोटो तेरो दुःखी कर्म
विचरो भो हाय ! जीवन जिउने मार्ग छेकाएर
गरीब हुनु के– पाप हो ? हेप्ने आफ्नै मित्रजनले
महल हाँस्छ अट्टहासमा मेरै श्रम सेकाएर ।
रमेश भट्टराई ‘सहृदयी’
